सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ को तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग वार्मअप खेल खेल्दैछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)द्वारा सार्वजनिक गरिएको तालिका अनुसार यो खेल भारतको चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ।
विश्वकपअघिको महत्वपूर्ण तयारीका रूपमा हेरिएको यस खेलमा नेपाली टोलीले स्पिनमैत्री पिचमा आफ्नो प्रदर्शन जाँच्ने अवसर पाउनेछ।
नेपाल र यूएईबीचको यो वार्मअप खेल आईसीसी टिभी, अर्थात् आईसीसी डट टिभीमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिने आईसीसीले जनाएको छ।
आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ भारत र श्रीलंकाको संयुक्त आयोजना मा फेब्रुअरी ७ तारिखदेखि सुरु हुँदैछ।