सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :भारत र न्युजिल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । नेपाली समयअनुसार रायपुरमा साँझ ७ः१५ बजे हुने खेलमा न्युाल्याण्ड पहिलो जित निकाल्ने योजनामा हुनेछ । नागपुरमा भएको पहिलो खेलमा ४८ रनले जित्दै भारतले शृङ्खलामा अग्रता बनाइसकेको छ। अब घरेलु टोलीको लक्ष्य उक्त अग्रतालाई थप मजबुत बनाउने रहनेछ। सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोली आत्मविश्वासले भरिएको देखिएको छ । तर दोस्रो खेलअघि भारतको प्लेइङ–११ मा परिवर्तन हुने सम्भावना देखिएको छ।
अक्षर पटेलको चोटले भारतलाई चिन्ता पहिलो टी–२० खेलका क्रममा फिल्डिङ गर्दै गर्दा अलराउन्डर अक्षर पटेलको औँलामा चोट लागेको थियो। चोटपछि उनी मैदान बाहिरिएका थिए। बीसीसीआईले अहिलेसम्म उनको फिटनेसबारे आधिकारिक जानकारी दिएको छैन। यदि अक्षर दोस्रो खेलमा खेल्न नसक्ने भए कुलदीप यादवलाई प्लेइङ–११ मा समावेश गर्न सकिनेछ।
नागपुरको जितले बढ्यो भारतको मनोबल पहिलो खेलमा भारतको जितका नायक अभिषेक शर्मा बनेका थिए। उनले ३५ बलमा ८४ रनको आक्रामक इनिङ खेलेका थिए। अन्त्यतिर रिंकू सिंहले २० बलमा अविजित ४४ रन जोड्दै टोलीलाई बलियो स्कोरमा पु¥याएका थिए।
बलियो ब्याटिङ लाइनअप अभिषेक शर्मासँग दोस्रो खेलमा पनि संजू स्यामसन ओपनिङमा देखिन सक्नेछन्। पहिलो खेलमा असफल भए पनि ईशान किशनलाई अर्को मौका दिन सकिने सम्भावना छ। कप्तान सूर्यकुमार यादवले ३२ रन बनाएर लयमा फर्कने संकेत दिएका छन्। मिडल अर्डरमा हार्दिक पाण्ड्या र शिवम दुबेले टोलीलाई सन्तुलन दिने अपेक्षा गरिएको छ।