सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :इङल्याण्ड विरुद्धको एक दिवशीय सिरजमा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।
कोलम्बोमा बिहिवार भएको खेलमा पाहुनाटोलीलाई १९ रनले हराउँदै श्रीलंकाले सिरिजमा अग्रता बनाएको हो । जितकालागि श्रीलंकाले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४ बल बाँकी छँदै २५२ रनमा अलआउट भयो । इंग्ल्याण्डका बेन डकेटे सर्वाधिक ६२ तथा जेमी ओभरटनले ३४ रन जोडे ।
त्यस अघि प्रेमादशा स्टेडियम कोलम्बोमा टस जितेर ब्याटिङ थालेको घरेलुटोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको थियो । उसकालागि कुशल मेण्डिसले सर्बाधिक ९३ रन जोडे । जानिथ लियानागे ४६ रन बनाए ।
श्रीलंका भ्रमणमा रहेको इग्ल्याण्डले तीन खेलको एक दिवशीयलगत्तै तीन खेलको टी–२० सिरिज खेल्ने छ ।