सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अफगानिस्तानबिरुद्धको टी–२० सिरिजमा वेष्टइण्डिजले सान्तवना जित निकालेको छ ।
बिहिवार युइईमा भएको तेस्रो तथा अन्तिम खेलमा वेष्टइण्डिज १५ रनले विजयी भएको हो । जितकालागि वेष्टइण्डिजले दिएको १५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३६ रनमा समेटियो ।
उसकालागि रहमानुल्लाह गुरबाजले ७१ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । उसकालागि कप्तान ब्राण्डन किङले सर्वाधिक ४७ रन जोडेका थिए । तीन खेलको सिरिज भने अफगानिस्तानले २–१ ले जितेको छ ।
पहिलो खेलमा अफगानिस्तानले वेष्टइण्डिजलाई ३८ तथा दोस्रो खेलमा ३९ रनले पराजित गरेको थियो ।