T10 T10

टी-२० विश्वकप बहिस्कार गर्ने बङ्गलादेशकाे तयारी

बिहीबार, माघ ८, २०८२
Global

काठमाडौँः आगामी सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप मा बंगलादेशको सहभागिता अनिश्चित बनेको छ।

बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० ले आफ्ना मागहरू पूरा नभएको भन्दै प्रतियोगिता बहिष्कार गर्ने ठोस निर्णय लिएको बुझिएको छ। यद्यपि, बीसीबीले यसबारे औपचारिक घोषणा गर्न भने बाँकी छ। सरकारी अधिकारीहरूसँगको विशेष परामर्शपछि बोर्डले भारतमा आयोजना हुने कुनै पनि खेलमा भाग नलिने अडान लिएको हो।

बीसीबीले भारतमा आफ्ना खेलाडी र पदाधिकारीहरू सुरक्षित नरहेको दाबी गर्दै आएको छ। उसले आफ्ना सबै खेलहरू भारतबाट श्रीलंका सार्न आईसीसीसँग माग गरेको थियो। आईसीसीले बंगलादेशको मागलाई अस्वीकार गर्दै निर्धारित तालिका अनुसार नै भारतमा खेल्नुपर्ने अडान लिएको छ। पाकिस्तानको हकमा सुरक्षाकै कारण उसका खेलहरू श्रीलंकामा सारिए पनि बंगलादेशको हकमा भने आईसीसी लचक देखिएको छैन।

विश्वकपको १०औँ संस्करणका लागि बंगलादेश र नेपाल एउटै समूह सी मा रहेका छन्। यदि बंगलादेशले अन्तिम समयमा नाम फिर्ता लिएमा आईसीसीले स्कटल्याण्डलाई उसको स्थानमा सहभागी गराउने सम्भावना प्रवल देखिएको छ।

यो विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुँदैछ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्