सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ।
कीर्तिपुरमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको हो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रनमै सीमित रह्यो। अन्तिम बलमा जितका लागि ६ रन आवश्यक रहँदा नेपाल चौकामा सीमित भएपछि खेल हातबाट फुत्कियो। नेपालका लागि रुविना क्षेत्री बेलबासेले अविजित ३७ रन बनाइन्।
तल्लो क्रममा आएकी सीता रानामगरले २७ रनको योगदान दिँदै आठौं विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरिन्। ओपनर बिन्दु रावलले १८ रन बनाइन् भने अन्य ब्याटर ठूलो योगदान दिन सकेनन्।
बलिङतर्फ नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। कप्तान बाबेटे डी लिडले ४९ रन जोडिन् भने स्टेरे कालिसले ३० रन बनाइन्।
नेपालतर्फ रुविनाले २ विकेट लिँदा सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान १–१ विकेट हात पारे। यो जितसँगै नेदरल्यान्ड्सले लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित सुपर सिक्समा स्थान पक्का गरेको छ।
नेपालको भने अब पनि अंक गणितीय सम्भावना कायमै छ।