T10 T10

विश्वकप अघि नेपालको खराब लय ,श्रीलंकाको 'ए' टोलीसंग दोस्रो पटक पराजित

बिहीबार, माघ ८, २०८२
Global

काठमाडौँ :टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोली श्रीलंकाको 'ए'टोलीसंग लगातार दोस्रो पटक पराजित भएको छ ।

आज भएको दोस्रो खेलमा नेपाल ७३ रनले पराजित हुन पुगेको हो । जितकालागि श्रीलंका 'ए'ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि करण केसीले अविजित रहँदै सर्वाबिधक ४१ रनको योगदान गरे । लोकेश बमले २५ र, कप्तान रोहित पौडेलले १८,सोमपाल कामीले १६ तथा गुल्शन झाले १५ रन बनाए ।  

दिपेन्द्र सिं ऐरीले ८ ,कुशल भुर्तेल ७ ,बसिर अहमदले ४ रन जोडे । आरिफ र आशिफ शेख शुन्य रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्