ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रधानमन्त्री कप भलिवलकोे उपाधि पुलिसलाई 

शनिबार, जेठ २६, २०८१

काठमाडौँ : आँठौ प्रधानमन्त्री कप राष्ट्रिय भलिवलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिवार भएको फाईनलमा एभरेष्ट भलिवल क्लब बुटबललाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि उचालेको हो । उपाधिसंगै पुलिसले एनभिए च्याम्पियन्स लिगमा भोगेको हारको बदला समेत लिएको छ ।

पुलिसले एभरेष्टमाथि पहिलो र दोस्रो सेट क्रमश २१–२५ र २३–२५ ले आफ्नो पक्षमा पारेपनि उपाधि जित्न पाँचौ सेट कुर्नुपर्यो । तेस्रो र चौथो दुवै सेट एभरेष्टले समान २५–२० ले जितेको थियो ।

उपाधिसंगै पुलिसले नगद ८ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता एभरेष्टले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

शनिवार भएको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हात पारेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्