hERO hERO

एनपीएलका लागि प्रशिक्षक मोन्टी देसाई नेपालमा

शुक्रबार, साउन २३, २०८२

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई प्रतियोगिताको तयारीका लागि नेपाल आइपुगेका छन्।

दोस्रो संस्करणको एनपीएल अक्सन आउँदो शनिबार हुँदैछ, जसको तयारीस्वरूप प्रशिक्षक मोन्टी बिहीबार नेपाल आएका हुन्। टिम गठन तथा अन्य रणनीतिमा सक्रिय सहभागी बन्न उनी नेपाल फर्किएका हुन्।

देसाई सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका थिए। उनको प्रशिक्षणमै नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।

काठमाडौँ गोर्खाजले यसपटकको सिजनमा करन केसीलाई मार्की खेलाडीको रूपमा राखेको छ भने भीम सार्की, शाहब आलम, दिपेश कँडेल, रशिद खान र प्रतीक श्रेष्ठलाई टिममा रिटेन गरिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्