सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा विहिवार भएको खेलमा पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरि ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ । टस जितिर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १४ रनमा अलआउट भयो । मोरङका ८ औ नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक पोखरेलले ३२ रन बनाउँदा सुवास राँयले १३ रनको योगदान दिए । पूतिब ब्याटिङ गर्न आउँदा मोरङ ४३ रनमा ६ विकेट गुमाई दयनिय अवस्थामा रहेको वेला ३२ रनको ठोस इनिङ खेलेका थिए । सुनसरीका कविराज खत्रीले किपाmयती बलिङ गर्दै ९ दशमलव ३ बलमा ५ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिँदा कृष्ण विष्ट र रविन मण्डलले १–१ विकेट लिए । जवाफमा १ सय १५ रनको धिmनो लक्ष्य पाएको सुनसरी १९ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ५५ रन बनायो । सुनसरीका रोशन खत्रीले १७ रन बनाउँदा अफन ताहिरले ११ रनको योगदान दिए । मोरङका कृष शर्माले ७ दशमलव ४ बलमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट तथा प्रतिक पोखरेलले १ विकेट लिए । खेलमा प्लेयर अफ म्याच मोरङका प्रतिक पोखरेल भए । उनले ३२ रन बनाउँनुको साथ सुनसरीका २ जना ब्याटरको क्याच समेत दिएका थिए । शनिबारसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि रहेका छन् । कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उनले बताए । मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको सम्मानका लागि प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए । ५० ओभरमा हुने खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।