T10 T10

प्रधानमन्त्री कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा

बिहीबार, चैत ५, २०८२
Global

काठमाडौंः- लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ गतेदेखि आयोजना हुने प्रधानमन्त्री पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। 

टोलीको नेतृत्व युवा ब्याटर देव खनालले गर्नेछन्। संघले बिहीबार घोषणा गरेको टोलीमा कप्तान खनालसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, र सलाउद्दिन खान जस्ता मुख्य खेलाडीहरू अटाएका छन्। टोलीका अन्य सदस्यहरूमा सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी रहेका छन्।
यस्तै, वैकल्पिक खेलाडीका रूपमा रमेश कुर्मी, नरबहादुर सार्की, दीपेश रोका, महेश भर र सम्राट् भुसाललाई राखिएको छ।
यसपटकको प्रधानमन्त्री कप बागमती र मधेश प्रदेशका विभिन्न चार स्थानमा सञ्चालन हुँदैछ। लुम्बिनी प्रदेशले आफ्नो समूह चरणका सम्पूर्ण खेलहरू जनकपुर र पर्सामा खेल्ने तालिका छ।

लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा आगामी शनिबार पर्सामा कर्णाली प्रदेशको सामना गर्दै आफ्नो यात्रा सुरु गर्नेछ।

लुम्बिनीको १५ सदस्यीय टोलीः देव खनाल (कप्तान), आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्