hERO hERO

एनपिएलको अक्सनकालागि छानिए १५० खेलाडी

बुधबार, साउन २१, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)  को दोस्रो संस्करणका लागि हुने मिनी अक्सन आउँदो शनिबार हुने भएको छ ।

अक्सनअघि नेपाल क्रिकेट संघ (क्यान)ले आज १५० खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको छ ।अक्सनमा सहभागी हुन ४५८ खेलाडीले आवेदन दिएकोमा प्राविधिक टोलीको मापदण्डअनुसार छनोट गर्दा १५० जनालाई मात्रै अन्तिम सूचीमा समावेश गरिएको हो ।

३०८ जना खेलाडी छनौट हुन सकेनन् ।  १५० खेलाडीहरूलाई ‘ए’ मा बी र सी गरी तीन ओटा क्याटागोरीमा समावेश गरिएको छ । ‘ए’ क्याटागोरीमा  युवा खेलाडी आदिल आलमदेखि अनुभवी शरद भेषावकरसम्मका नाम छन्। अन्य खेलाडीहरूमा देव खनाल, पवन सर्राफ, सुनाम गौतम, दिलिप नाथ, अर्जुन साउद र सूर्य तामाङ परेका छन् ।

पहिलोपटक अक्सन सूचीमा परेका आदिल आलमको नाम यसपटक समावेश भएको छ भने अघिल्लो सिजन चोटका कारण बाहिर रहेका पवन सर्राफ पनि यसपटक ‘ए’ क्याटेगोरीमा परेका छन् । क्याटागोरी एमा ८ जना, ‘बी’ मा ३५ जना र ‘सी’ मा १०७ जना खेलाडी छन् । ‘ए’ क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १५ लाख रुपैयाँ तोकिएको छ। ‘बी’ क्याटेगोरीका खेलाडीको मूल्य १० लाख र ‘सी’ क्याटेगोरीका खेलाडीको मूल्य ५ लाख रहेको क्यानले जनाएको छ ।

यसअघि एनपीएलका आठवटै फ्रेन्चाइज टोलीहरूले आ–आफ्ना रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन् ।

अक्सनको पूरा सूची हेर्नुहोस् :

 

 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्