सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : ब्राजिलियन क्लब फ्लुमिनेन्सेले क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
अमेरिकाको ओरल्यान्डोमा भएको क्वाटरफाइनलमा उसले साउदी अरबको अल हिलाललाई २–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
पहिलो हाफको अन्त्यतिर मार्टिनेलीले व्यक्तिगत कौशल देखाउँदै शानदार गोल गर्दै फ्लुमिनेन्सेलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको केही क्षणमै मार्कोस लियोनार्डोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।
तर, खेलको ७०औं मिनेटमा सब्स्टिच्युट खेलाडी हर्क्युलिसले गोल गर्दै फ्लुमिनेन्सेलाई पुनः अग्रता दिलाए। यो लगातार दोस्रो खेल हो जसमा हर्क्युलिसले बेंचबाट आएर निर्णायक गोल गरेका छन्।
अब फ्लुमिनेन्सेले सेमिफाइनलमा पामेइरास र चेल्सीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।