सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–१६ एन्फा युथ लिग फुटबलमा मनाङ मस्र्याङ्दीले बिजयी सुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको उद्धघाटन खेलमा श्री भगवती युथ क्लबलाई २–१ गोलले हराउँदै मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको हो । मनाङ मस्र्याङ्दीको जितमा दिपेश शाही र बिबेक मगरले गोल गरे । खेलको ३२ औँ मिनेटमा शाहीले गोल गर्दै मनाङ मस्र्याङ्दीले अग्रता लिएपनि दोस्रो हाफमा भगवतीका सरुण महत्तोले बराबरी गोल फर्काएका थिए ।
खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा मनाङ मस्र्याङ्दीका मगरले गोल गरेपछि मनाङ मस्र्याङ्दीले २–१ को जित निकालेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको लिगमा ‘ए’ डिभिजनका १४ वटै क्लबले सहभागिता जनाएका छन् । विजेता टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पाउनेछ ।
त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले समानरूपमा १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सहभागी सबै टिमलाई तयारी खर्च स्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ रहेको छ ।