diwpawali diwpawali

एन्फा यू–१६ युथ लिग शुक्रबारदेखि

बिहीबार, असार १९, २०८२

काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा एन्फा यू–१६ युथ लिग सुरु हुने भएको छ।

एन्फाले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो। प्रतियोगितामा ‘ए’ डिभिजनका १४ वटै क्लबको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

खेलहरू एन्फा कम्प्लेक्सको मैदानमा आयोजना गरिनेछ भने आवश्यक परेमा दशरथ रंगशालामा पनि खेल हुन सक्ने प्रवक्ता शाहले बताए।

विजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पाउनेछ। त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले समानरूपमा १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सहभागी सबै टिमलाई तयारी खर्च स्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ। एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ रहेको छ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्