Dosa Dosa

स्पेनमा ओली, रियल मड्रिड भ्रमण

बिहीबार, असार १९, २०८२

स्पेन :प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गरेका छन्।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै रंगशालाको संरचना, इतिहास र प्रविधिमाथि जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान भएको उल्लेख गर्दै यस्तो सुविधासम्पन्न र आधुनिक रंगशाला प्रत्यक्ष हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। भ्रमणको क्रममा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको आधिकारिक जर्सी उपहार स्वरूप प्रदान गरेका थिए।

रियल मड्रिड फुटबल क्लबले नेपाली विद्यार्थीलाई क्लबको तालिम र भर्ना कार्यक्रममा सहभागी हुन प्रोत्साहित गर्ने विषयमा पनि चासो देखाएको छ।

प्रधानमन्त्री ओली ‘संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलन’मा सहभागी हुन स्पेनको सेभिया पुगेका थिए। सम्मेलन सकिएपछि उनी विभिन्न भेटघाट र कार्यक्रममा सहभागी भइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्