Dosa Dosa

नेपाल महिला एसियन कपको ढोकामा, निर्णायक भिडन्त उज्बेकिस्तानसँग

ङ्गलादेशले पहिलोपटक एसियन कपमा
बिहीबार, असार १९, २०८२

काठमाडौँ :एसीसी महिला एसियन कप फुटबल–२०२६ छनोटमा नेपालको सपना अब एक जित टाढा मात्र छ।

समूह 'एफ' मा लगातार दुई शानदार जितसँगै नेपाल अब फाइनल चरणमा प्रवेशका लागि उज्बेकिस्तानसँगको निर्णायक खेल खेल्न लागिरहेको छ।

नेपाल र घरेलु टोली उज्बेकिस्तान दुवै अपराजित रहँदै ६/६ अंकसहित शीर्ष स्थानमा छन्। मात्र अंक हैन, दुवै टोलीको गोलअन्तर पनि बराबर छ, जसले आगामी खेललाई 'जित वा बिदाइ' को अवस्थामा पुर्‍याएको छ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० गोलले हराएको थियो। यता उज्बेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले पराजित गर्दै नेपालजस्तै दबदबा कायम राखेको छ।

अब यी दुई अपराजित टोलीबीचको अन्तिम भिडन्तले को एसीसी महिला एसियन कप खेल्ने हो भन्ने टुंगो लगाउनेछ। लाओस र श्रीलंका भने एक खेल बाँकी रहँदै छनोट चरणबाट बाहिरिइसकेका छन्।

बङ्गलादेशले रच्यो इतिहास, पहिलोपटक एसियन कपमा स्थान सुरक्षित
यता अर्को दक्षिण एसियाली टोली बङ्गलादेशले पहिलोपटक एसीसी महिला एसियन कपमा स्थान पक्का गरेको छ। म्यानमारमा जारी समूह ‘सी’ को छनोट चरणमा बङ्गलादेशले घरेलु टोली म्यानमारलाई २–१ ले हराउँदै एक खेल अगावै क्वालिफायर्स पार गरेको हो।

Bangaledh-women-football-1751530123.jpg

                                                                                          बङ्गलादेश महिला फुटबल टोली

बहराइनमाथि ७–० को जित निकालिसकेको बङ्गलादेशले अब अन्तिम खेलमा तुर्कमेनिस्तानसँग भिड्नेछ। त्यस खेलको नतिजा जेसुकै आए पनि बङ्गलादेश ‘हेड टु हेड’को आधारमा शीर्षमा रहनेछ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्