Dosa Dosa
एसीसी यू–१६ इस्ट जोन कप

मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा

बिहीबार, असार १९, २०८२

काठमाडौँ : मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ ।  बिहीबार सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

पहिले बलिङ गर्दै नेपालले मलेसियालाई ४३.१ ओभरमै जम्मा ९० रनमा समेटेको थियो। जवाफमा नेपाली टोलीले ११.४ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्‍यो।

नेपालका ओपनर परिमार्जन यादवले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५९ रन बनाए। उनी नटआउट रहे। उनका जोडी शिवान्स बजगाईंले पनि २३ रनको योगदान दिँदै विजयी साझेदारी पूरा गरे।

बलिङतर्फ नेपालका लागि अभय यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ विकेट लिए। शुभम् खनालले ३ विकेट हात पार्दा, कप्तान विपिन शर्मा र सचिव भट्टले समान १-१ विकेट लिए।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए, तर अन्य ब्याटरले खासै योगदान गर्न सकेनन्।

अब नेपालले उपाधिका लागि  शनिबार सिंगापुरसँग फाइनल खेल्नेछ। समुह चरणमा नेपालले सि‌गापुरलाइ हराइसकेकाे छ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्