Dosa Dosa

फाइनल पुग्न मलेसियाले दियो नेपाललाई ९१ रनको लक्ष्य

बिहीबार, असार १९, २०८२

काठमाडौँ :एसिसी यु–१६ इस्ट जोन क्रिकेटको फाइनल पुग्न नेपालले मलेसियाबाट ९१ रनको झिनो लक्ष्य पाएको छ ।

सेलाङ्गोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोली नेपालको कसिलो बलिङमा ९० रनमा अलआउट भयो । उसकालागि मुहम्मद फतुल मुइनले सर्वाधिक ३८ रनको योगदान गरे ।  कप्तान डियाज प्याट्रोले १० रन बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो रन बटुल्न सकेनन् ।

मलेसियाको ब्याटिङ लाईन ध्वस्त गर्ने क्रममा नेपालका शुभम खनाल र अभय यादवले धातक बलिङ गरे । १० ओभर बलिङ गरेका यादवले १५ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । समान  बलिङ गरेका खनालले १२ रन खर्चिएर ३ विकेट लिए । सचिन भट्ट र बिपीन शर्माले एक-एक  विकेट लिए ।

नेपाल फाइनल पुगेमा उपाधिकालागि हङकङ र सिङ्गापुरमध्यृ एक टोलीसंग खेल्नेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा भइरहेको यो प्रतियोगितामा १० राष्ट्र सहभागी छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्