Dosa Dosa
एएफसी महिला एसियन कप छनोट

साम्बाको ह्याट्रिकमा श्रीलंका ८–० ले पराजित

बुधबार, असार १८, २०८२

काठमाडौँ :कप्तान साबित्रा भण्डारी साम्बाले  ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलंका विरुद्द फराकिलो जित निकालेको छ ।

उज्वेकिस्तानको तासकन्दस्थित मिली रंगशालामा आज साँझ भएको खेलमा नेपालले ८–० गोलको शनसनीपूर्ण जित निकालेको हो । खेलको पहिलो हाफमा चार शुन्यको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप चार गोल थप्न सफल भयो । खेलको ७ औँ मिनेटमा गिता रानाको गोलबाट अग्रता लिएको थियो । खेलको १९,४२ र ४५ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

 खेलको ५२ औँ मिनेटमा गिता रानाले पेनाल्टीमा गोल गरिन् । ६२ औँ मिनेटमा निशा थोकरले नेपालका लागि अर्को गोल थपिन् ।  ७५ औँ मिनेटमा रेखा पौडेलले पुन नेपालका लागि अर्को गोल गरिन् ।

खेलको ८९ औँ मिनेटमा पूजा रानाले अर्को गोल थपेपछि नेपालले ८–० को स्पष्ट जित निकालेको हो ।

नेपालले यसअघि भएको पहिलो खेलमा लाओसमाथि ९–० को शानदार जित निकालेको थियो । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्