सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :स्पेनिस जायन्ट रियल मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा अन्तिम ८ मा स्थान बनाएको छ। गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
खेलको निर्णायक गोल दोस्रो हाफमा गोन्जालो गार्सियाले गरेका थिए। उनले खेलको ५४औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।
रियल मड्रिडले खेलभरि केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि अधिकांश प्रयास पोस्ट बाहिर गए। युभेन्ट्सका गोलकिपर ग्रिगेरियोले उत्कृष्ट प्रदर्शन गर्दै गोलअन्तर बढ्नबाट जोगाए।
उता युभेन्ट्सले पनि केही मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन, जसका कारण टोली प्रतियोगिताबाट बाहिरिएको छ।
अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्ड र मोन्टेरेबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।