Dosa Dosa

क्लब विश्वकप :फ्लुमिनेस क्वाटरफाइनलमा

मंगलबार, असार १७, २०८२

काठमाडौं :फिफा क्लब विश्वकपको अन्तिम १६ को चरणमा ब्राजिलको फ्लुमिनेस एफसीले इटालियन जायन्ट इन्टर मिलानलाई २–० ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको सुरुवातमै आक्रामक देखिएको फ्लुमिनेसका लागि जर्मन कानोले तेस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा इन्टरले बराबरी ल्याउने केही प्रयास गरे पनि सफलता हात पार्न सकेन।

निर्धारित समयको अन्त्यतिर खेल अझ रोमाञ्चक बनेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले दोस्रो गोल गर्दै फ्लुमिनेसको जित पक्का गरे।

अब फ्लुमिनेसले क्वाटरफाइनलमा म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलालबीच मंगलबार बिहान हुने खेलको विजेतासँग भिडन्त गर्नेछ।

यसअघि नै जर्मन क्लब बायर्न म्युनिख, फ्रेन्च क्लब पीएसजी, इंग्लिस क्लब चेल्सी र ब्राजिलकै पाल्मेइरास क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्