सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : फिफा क्लब विश्वकप २०२५ अन्तर्गत गए राति सम्पन्न खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अमेरिकी क्लब इन्टर मियामीलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।
जर्जिया स्थित मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा पीएसजीले सुरुदेखि नै आक्रमक प्रदर्शन गरेको थियो। खेलको छैठौं मिनेटमै जोआओ नेभेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए। नेभेसले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर २–० बनाए। खेलको ४३औं मिनेटमा इन्टर मियामीका टोमास अविलेसले आत्मघाती गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अक्राफ हाकिमीले अर्को गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए।
मेस्सीको इन्टर मियामी अन्तिम १६ बाट बाहिरियो यो पराजयसँगै लियोनल मेस्सीको टोली इन्टर मियामीको यात्रा अन्त्य भएको छ। क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएपछि इन्टर मियामीका समर्थक निराश बनेका छन्।
बायर्न म्युनिख पनि क्वाटरफाइनलमा त्यस्तै राति नै सम्पन्न अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई ४–२ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको छ।
खेलको सुरुवातमै इरिक पुल्गारले आत्मघाती गोल गरेपछि बायर्न १–० ले अघि बढ्यो। त्यसपछि ह्यारी केनले नवौं र ७३औं मिनेटमा दुई गोल गरे भने लियोन गोरेट्ज्काले ४१औं मिनेटमा अर्को गोल थपे। फ्लामिङ्गोका लागि गेरसनले ३३औं मिनेटमा गोल गरे भने जोर्जिन्होले ५५औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे।
अबको भिडन्त: पीएसजी बनाम बायर्न म्युनिख पीएसजी र बायर्न म्युनिखबीचको क्लब विश्वकप क्वाटरफाइनल खेल आगामी शनिबार, जुलाई ५ मा हुनेछ। दुवै टोली हाल उत्कृष्ट लयमा रहेकाले खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
खेलको अंक तालिका: