लाओसविरुद्धको खेलका लागि नेपाली सुरुवाती ११ सार्वजनीक, कप्तानी रेनुकालाई

१००औं अन्तर्राष्ट्रिय खेल | नयाँ प्रशिक्षकको डेब्यू पनि आजै
आइतबार, असार १५, २०८२

काठमाडौँ : एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ मा नेपालले आज लाओसविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

नेपालले खेलअघि आफ्नो सुरुवाती ११ घोषणा गरिसकेको छ। टोलीको कप्तानी अनुभवी डिफेन्डर रेनुका नगरकोटी ले सम्हाल्नेछिन्।
सुरुवाती टोलीमा साबिभा भण्डारी, रश्मी घिसिङ, सबिता रानामगर, अनिता बस्नेत, सरु लिम्बु, निशा थोकर, समिक्षा, र सरस्वती हमाल रहेका छन्।
अन्जना रानामगर आजको खेलमा गोलकिपरको भूमिकामा रहनेछिन्।

विशेष कुरो के छ भने, सरस्वती हमालले आजको खेलमार्फत राष्ट्रिय टिम डेब्यू गर्दैछिन्। अर्कोतर्फ, चर्चित अनुहार अञ्जिला तुम्बाफो र प्रिती राई आज बेञ्चमा रहेका छन्।

आजको खेल नेपाली महिला राष्ट्रिय टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत हो। यसै खेलबाट नवनियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्ड ले पनि राष्ट्रिय टोलीसँग आफ्नो औपचारिक सुरुवात गर्दैछन्।

📌 खेल स्थान: बुनयोदकोर स्टेडियम, तासकेन्त, उज्बेकिस्तान
🕕 समय: नेपाली समयअनुसार साँझ ६:१५ बजे
🇳🇵 विपक्षी: लाओस महिला राष्ट्रिय टिम
🔁 टिमको नयाँ युग सुरु हुँदैछ – साथ दिऔँ !

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्