diwpawali diwpawali

नेपाली महिला टोली एएफसी छनोटका लागि तयार : मुख्य प्रशिक्षक वाइल्ड

शनिबार, असार १४, २०८२

काठमाडौं :नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी महिला एसियन कप छनोटका लागि टोली पूर्ण रूपमा तयार रहेको बताएका छन्।

शनिबार आयोजित प्रि-म्याच कन्फरेन्समा वाइल्डले शारीरिक र मानसिक दुवै हिसाबले टिमले राम्रो तयारी गरेको बताए। ‘राम्रो प्रतियोगिता हुनेछ भन्ने आशा छ। हामी हरेक पलको मजा लिनेछौं,’ उनले भने।

प्रशिक्षक वाइल्डले दुई साताअघि मात्र टिमसँग परिचित भएको जानकारी दिँदै भने, ‘फुटबलको सबभन्दा राम्रो पक्ष भनेको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नु हो। हामी तयार छौं र हाम्रो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नेछौं।’

उनले नेपाली टिममा विदेशी लिग खेल्ने खेलाडीसमेत रहेको उल्लेख गर्दै आवश्यकता अनुसार उत्कृष्ट प्रदर्शन गर्ने क्षमतायुक्त खेलाडी टोलीमा रहेको बताए।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्