सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:रियल मड्रिडका स्टार फरवार्ड केलियन एमबाप्पे फिफा क्लब विश्वकप अन्तर्गत आइतबार रातिको पाचुकाविरुद्धको खेलमा पनि अनुपस्थित रहने भएका छन्।
रियलका प्रशिक्षक जाभी एलोन्सोका अनुसार एमबाप्पेको स्वास्थ्यमा सुधार देखिए पनि उनी अझै पूर्ण रूपमा फिट नभएकाले खेलमा नखेल्ने निर्णय गरिएको हो। एलोन्सोले भने, "उनी अघिल्लो अवस्थाभन्दा धेरै ठीक छन्, तर अहिले नै मैदान फर्कने अवस्था छैन।"
ज्वरो र ग्यास्ट्रिक समस्याले ग्रस्त भएका एमबाप्पेले क्लब विश्वकपको पहिलो खेल पनि गुमाएका थिए। बुधबार अल हिलालविरुद्ध १–१ को बराबरीमा टुंगिएको खेलमा पनि उनी मैदानमा देखिएका थिएनन्।
२६ वर्षीय एमबाप्पे केही दिनअघि अस्पताल भर्ना भएका थिए भने अहिले प्रशिक्षणमा फर्किएका छन्। यद्यपि, आइतबारको खेलका लागि भने उनी टोलीसँग यात्रा नगर्ने क्लबले स्पष्ट पारेको छ।
सम्भावना छ, एमबाप्पे समूह चरणको अन्तिम खेलमा मैदानमा फर्किनेछन्।
फ्रान्सेली स्टार एमबाप्पे यसै सिजन फ्रि ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल मड्रिडमा आएका हुन्।