सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको टोलीको नेतृत्व अञ्जिला तुम्बाप्पो सुब्बाले गर्नेछिन्।
यो पटक नेपाली टोलीको जिम्मेवारी हालै नियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको हातमा परेको छ। उनले टोलीमा केही नयाँ अनुहारलाई मौका दिएका छन् भने केही पुराना खेलाडी बाहिरिएका छन्।
विशेष रूपमा, मिडफिल्डर सुष्मा तामाङ टोलीमा परेकी छैनन्। अर्कोतर्फ, सशस्त्र प्रहरी बलकी रक्षक प्रतीक्षा थापालाई टोलीमा समावेश गरिएको छ।
नेपाल समूह ‘एफ’ मा परेको छ। छनोट अन्तर्गत अब नेपालले उज्वेकिस्तानको तास्केन्दमा घरेलु टोली उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।