सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी साउन अन्तिम साताबाट सुरु हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताका लागि १६ टोलीको नाम सार्वजनिक गरेको छ।
एन्फाले सोमबार सार्वजनिक गरेको टोलीमा बुटवल लुम्बिनी एफसी, छहरी युवा क्लब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड, एफसी रियल, झापा एफसी, कन्काई खेलकुद प्रतिस्ठान, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्युरोड टिम (एनआरटी), राप्ती एफसी, आरएस रिसोर्ट एन्ड वीच फुटबल, संकटा एफसी, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी छन्।
यी टोलीलाई चार समूहमा विभाजन गरी राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ। प्रत्येक समूहको शीर्ष टोलीले सोझै फाइनल चरणमा स्थान बनाउनेछ। दोस्रो स्थानमा रहने टोलीबीच पुनः राउन्ड रोबिन खेल हुनेछ, जसको विजेताले पनि फाइनल चरणमा पुग्नेछ।
गत संस्करणका एपिएफ, आर्मी, पुलिस, वालिङ नगरपालिका र बागमती युवा क्लब भने सोझै फाइनल चरणमा सहभागी हुनेछन्। छनोट चरणबाट आउने पाँच टोलीसहित कुल १० टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एन्फाका अनुसार असार २० भित्र खेलाडी दर्ता गर्नुपर्नेछ भने खेल तालिका साउन १६ गते सार्वजनिक हुनेछ। यदि फाइनल चरणमा स्थान बनाइसकेका टोलीले खेलाडी रिलिज गरेमा, ती खेलाडी छनोट प्रतियोगितामा अन्य क्लबबाट खेल्न पाउनेछन्।