dosa dosa

क्लब विश्वकपमा बायर्न म्युनिखको ऐतिहासिक जित, अकल्याण्ड सिटी १०–० ले पराजित

सोमबार, असार २, २०८२

अमेरिका : फिफा क्लब विश्वकपमा जर्मन च्याम्पियन बायर्न म्युनिखले ऐतिहासिक सुरुआत गर्दै न्यूजिल्याण्डको अकल्याण्ड सिटीलाई १०–० ले हराएको छ। यो जित क्लब विश्वकपको इतिहासमै अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको हो।

भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको बायर्नले खेलभरि पूर्ण नियन्त्रण राख्दै एकतर्फी प्रदर्शन गर्‍यो। खेलको छैटौँ मिनेटमा किंग्स्ली कोम्यानको गोलबाट अग्रता लिएको बायर्नले पहिलो हाफमै साशा बोए, माइकल ओलिजे र कोम्यानका थप गोलसहित ६–० को बलियो अग्रता बनायो।

दोस्रो हाफमा जमाल मुसियालाले ह्याट्रिक गर्दै चम्किए भने क्लबबाट बिदाइको तयारीमा रहेका थोमस मुलरले दुई गोल थप्दै बायर्नको जितलाई दोहोरो अंकमा पुर्‍याए।

सन् २०२२ मा अल हिलालले अल जजिरालाई ६–१ ले हराएको नतिजालाई उछिन्दै बायर्नको यो जित क्लब विश्वकप इतिहासमै सबैभन्दा ठूलो जित बनेको हो।

बायर्न रहेको समूह ‘सी’ मा अर्जेन्टिनी क्लब बोका जुनिअर्स र पोर्चुगिज क्लब बेन्फिका पनि छन्। यो जितले बायर्नको आत्मविश्वास उच्च बनाएको छ र उपाधि यात्रामा बलियो सन्देश दिएको छ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्