dosa dosa

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए 

आइतबार, असार १, २०८२

काठमाडौँ :यु -२० दक्षिण एसियाली फुटबल संघ (साफ) महिला च्याम्पियनसिपका लागि ३० खेलाडी छानिएका छन् ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणमा छानिएका ४० खेलाडी मध्ये ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका हुन् । पहिलो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । बन्द प्रशिक्षणबाट अमिता भुल, मरिना लामा, अवानी राजेश्वरी, गायत्री मल्ल, रोजिता विष्ट, सविता मण्डल, संगीता अधिकारी, सुनिता विक, सुनिता सुनार र प्रतीमा शर्मा बाहिरिएका छन् ।

साफ महिला च्याम्पियनसिप जुलाई ११ देखि २२ सम्म बंगलादेशमा  हुँदैछ । नेपाललले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ  । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्