महिला फुटबल टोलीलाई गंगालालमा निःशुल्क उपचार सुविधा

आइतबार, जेठ २५, २०८२

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू अब शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन्।

खेलाडीहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक विशेष समारोहका बीच अस्पताल प्रशासनलाई खेलाडीहरूलाई कार्ड वितरण गर्न निर्देशन दिनुभयो।

अस्पतालबाट वितरण गरिने विशेष कार्ड प्राप्त गरेपछि महिला फुटबल टोलीका खेलाडीहरूले गंगालाल अस्पतालमा प्रदान गरिने सम्पूर्ण सेवा निःशुल्क रुपमा लिन सक्नेछन्।

समारोहमा राष्ट्रिय महिला टोलीका खेलाडीहरू, टोलीका अफिसियलहरू, एन्फा केन्द्रीय सदस्य तथा राष्ट्रिय टिम तयारी समितिका संयोजक मनिष जोशीसहित अस्पतालका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यो निर्णयले महिला खेलाडीहरूको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्