yt yt

विश्वकप छनोट :अर्जेन्टिनाले चिलीलाई हरायो

शनिबार, जेठ २४, २०८२

काठमाडौं: विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले हराएको छ ।

यस अघि नै विश्वकप– २०२६ मा छनोट भइसकेको अर्जेन्टिनाका लागि शनिवार बिहान भएको खेलमा जुलियन अल्भारेजले १६औँ मिनेटमा गोल गरेका थिए ।


१५ खेलबाट ३४ अङ्क जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इक्वेडरको २४ तथा तेस्रो स्थानमा रहेको पाराग्वेको पनि २४ अङ्क नै छ ।

२२ अङ्क भएको ब्राजिल चौथो तथा २१ अङ्क भएको उरुग्वे पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्