सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :युरोपेली नेसन्स लिगमा पोर्चुगलले शानदार कमब्याक गर्दै फाइनलमा स्थान बनाएको छ।
एक गोलले पछि परेको अवस्थाबाट फर्किएको पोर्चुगलले जर्मनीलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हाे । पोर्चुगलको जितमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक प्रदर्शन रह्यो। उनले खेलको ६८औँ मिनेटमा निर्णायक गोल गर्दै आफ्नो १३७औँ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान थपेका छन्।
जर्मनीले खेलको ४८औँ मिनेटमा अग्रता लिएको थियो। लिभरकुसेनका फरवार्ड तथा भर्खर लिभरपुलमा आबद्ध भएका फ्लोरिज मर्जले पहिलो गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।
तर पोर्चुगलले केही समयमै खेलमा फर्किएको थियो। ६३औँ मिनेटमा डिफेन्डर रुबेन डियाजको गोलमार्फत पोर्चुगलले बराबरी ल्यायो। त्यसपछि ६८औँ मिनेटमा नुनो मेन्डेसको पासलाई नियन्त्रणमा लिएर रोनाल्डोले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।
अब पोर्चुगलले उपाधिका लागि फ्रान्स र स्पेनबीचको विजेतासँग भिड्नेछ।