diwpawali diwpawali

नेपाली राष्ट्रिय फुटबल टोली आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै

बिहीबार, जेठ २२, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।

खेल स्थानीय समय अनुसार साँझ ५:४५ बजे (नेपाल समय अनुसार पौने ६ बजे) हङकङमा हुनेछ।

यो मैत्रीपूर्ण खेल एएफसी एसियन कप २०२७ छनोटको तयारीस्वरूप आयोजना गरिएको हो। नेपालले यही महिनाको १० तारिखमा लाओसविरुद्ध छनोट चरणको महत्वपूर्ण खेल खेल्नेछ।

राष्ट्रिय टोली गत मंगलबार हङकङ पुगेको हो र मैत्रीपूर्ण खेल सकिएपछि टोली लाओस प्रस्थान गर्नेछ। दुबै खेलको तयारीका लागि मुख्य प्रशिक्षक म्याट रोसले नेपाली टोलीको घोषणा गरिसकेका छन्।

 घोषित नेपाली टोली:

  • अभिषेक लिम्बु
  • अनन्त तामाङ
  • अञ्जन विष्ट
  • अरिक विष्ट
  • आयुष घलान
  • विमल पाण्डे
  • विशाल सुनार
  • दीप कार्की
  • गिलेस्पी जंग कार्की
  • किरण चेम्जोङ
  • कृतिश रत्न छिन्जु
  • कुशल देउवा
  • मनिष कुमार लिम्बु
  • लकेन लिम्बु
  • रोहन कार्की
  • सनिश श्रेष्ठ
  • सृजनराज गौतम
  • सुमन श्रेष्ठ
  • सुमित श्रेष्ठ
  • सुवास ठकुरी
  • योगेश गुरुङ

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्