सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार आज अपराह्न ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलुटोलीलाई १ विकेटले हराउँदै शनशनीपूर्ण जित निकालेको नेपाल त्यहि लयलाई निरन्तरता दिने योजनामा छ । लिग टु को वर्तमान अंक तालिकामा नेपालको अवस्था खस्कदो अबस्थामा छ ।
१३ खेलमा ३ जितका साथ नेपाल ८ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा छ ।