T10 T10

विश्वकप २०२७ को तयारी सुरुः आईपीएलबाट छानिनेछन् भारतीय २० खेलाडी

शुक्रबार, चैत ६, २०८२
Global

नयाँ दिल्लीः भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि अहिलेदेखि नै कम्मर कसेको छ। आगामी मार्च २८ देखि सुरु हुन लागेको आइपीएल २०२६ भारतीय खेलाडीहरूका लागि केवल एउटा लिग मात्र नभएर विश्वकपको ढोका बन्ने देखिएको छ।
बीसीसीआईको छनोट समितिले २० जना खेलाडीहरूलाई सर्टलिस्ट गरेको छ। यी खेलाडीहरूको प्रदर्शन र फिटनेसलाई यसपटकको आईपीएलभरि विशेष रूपमा निगरानी गरिनेछ। अजित अगरकरको नेतृत्वमा रहेको छनोट समितिले आईपीएलका खेलहरूका दौरान यी खेलाडीहरूको फर्म कस्तो छ र उनीहरू कत्तिको फिट छन् भन्ने कुराको विस्तृत रिपोर्ट तयार पार्नेछ।
टी–२० फर्म्याटमा खेलिने भए पनि यस आईपीएलको प्रदर्शनले २०२७ को एकदिवसीय विश्वकपको टोली तय गर्न मद्दत गर्नेछ।
आईपीएलको व्यस्त तालिकाका बीच खेलाडीहरूले आफ्नो फिटनेस कसरी जोगाउँछन् भन्ने कुरा छनोटकर्ताहरूको प्राथमिकतामा रहनेछ।
आईपीएल लगत्तै जुन ६ देखि १० सम्म पन्जाबको मुल्लानपुरमा अफगानिस्तान विरुद्ध हुने टेस्ट म्याचमा पनि भारतले आफ्नो सबैभन्दा बलियो टोली उतार्ने भएको छ। यस खेलमा रोहित शर्मा र विराट कोहली जस्ता सबै सिनियर खेलाडीहरू खेल्नेछन्। बोर्डले अब कुनै पनि अन्तर्राष्ट्रिय खेललाई हल्का रूपमा नलिने र विश्वकपसम्म एउटै कोर ग्रुपलाई निरन्तरता दिने रणनीति बनाएको छ।
बीसीसीआईले अहिलेदेखि नै विश्वकपको खाका कोर्न सुरु गरिसकेको छ। आईपीएल २०२६ को प्रदर्शनले धेरै खेलाडीको भविष्य तय गर्ने निश्चित छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्