ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इङ्ल्यान्डसंग पाकिस्तान २३ रनले पराजित 

शनिबार, जेठ १२, २०८१

काठमाडौँ  :इङ्ल्यान्डबीरुद्धको दोस्रो टी–२० आई क्रिकेटमा पाकिस्तान पराजित भएको छ । ईङल्याण्डको एजब्यास्टन स्थित बर्मिंघम क्रिकेट रंगशालामा शनिवार राती भएको खेलमा पाहुना टोली पाकिस्तान इङ्ल्यान्डसंग २३ रनले पराजित भएको हो ।

जितका लागि इङ्ल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १६० रनमा अलआउट भयो । पाकिस्तानकालागि फाकर जमानले सर्वाधिक ४५ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२, इफ्तिखार अहमद २३ तथा इमाद वासिमले २२ रन जोडे ।

त्यसअघि एजब्यास्टन स्थित बर्मिंघम क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । उसकालागि कप्तान जोस बटलरले सर्बाधिक ८४ रनको योगदान गरे । वेल ज्याक्सले ३७ रन जोडे ।

जितसंगै इङ्ल्यान्डले तीन खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल बर्षाका कारण टस समेत हुन नसकेपछि रद्ध गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्