सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
गुरुग्राम :भारतको हरियाणाको गुरुग्राममा २५ वर्षीया टेनिस खेलाडी राधिका यादवको हत्या प्रकरणमा प्रहरीको अनुसन्धानबाट गम्भीर खुलासा भएको छ।
गुरुग्राम प्रहरीले जनाएको अनुसार राधिकाका पिता ५१ वर्षीय दीपक यादवले आफ्नै छोरीलाई योजनाबद्ध रूपमा गोली हानेका हुन्। यो घटना बिहीबार बिहान १०:३० बजे भएको हो, जब राधिका घरको किचनमा खाजा बनाउँदै थिइन्।
प्रहरीका अनुसार दीपकले हत्या अगाडि नै योजना बनाएका थिए। उनी प्रायः बिहान दूध लिन आफैं जान्थे, तर सो दिन उनले आफ्ना छोरालाई पठाए र राधिकासँग घरमा एक्लै भएपछि चार वटा गोली हाने।
हत्या पछाडिको मुख्य कारण राधिका अन्तरजातीय विवाह गर्न चाहनु भएको बताइएको छ। तर उनका बुबा यस कुरामा सहमत थिएनन्। यस विषयमा केही हप्तादेखि बुबा-छोरीबीच झगडा हुँदै आएको प्रहरीले जनाएको छ।
दीपकको पुर्ख्यौली गाउँ वजीराबादका एक छिमेकीका अनुसार पनि उनी पुराना सोचका व्यक्ति थिए । छोरीको जातिभित्र विवाह गराउने पक्षमा थिए।
हाल दीपक यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ र उनीमाथि हत्या तथा योजनाबद्ध अपराधको अभियोगमा मुद्दा चलाइएको छ।
२.५ करोड खर्चिए पनि छोरीको सपना बुझ्न सकेनन्
दीपकले राधिकालाई सानैदेखि टेनिस प्रशिक्षण दिलाउँदै आएका थिए। तर करिब दुई वर्षअघि चोट लागेपछि राधिकाको प्रतिस्पर्धात्मक टेनिस करियरमा रोक लाग्यो। त्यसपछि उनले प्रशिक्षण दिन थालिन्। विभिन्न ठाउँमा कोर्ट बुक गरेर युवाहरूलाई टेनिस सिकाउन थालेकी राधिकाले सामाजिक सञ्जालमार्फत आफूलाई प्रचार गर्न पनि थालेकी थिइन्।
उनले इन्स्टाग्राममा नियमित रूपमा भिडियो (रील्स) बनाउने, सामग्री पोस्ट गर्ने, र एक म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन्।
बुबाको आपत्ति र दबाब तर राधिकाको सामाजिक सञ्जालमा सक्रियता बुबा दीपकलाई मन परेको थिएन। उनले राधिकालाई बारम्बार आफ्ना अकाउन्टहरू डिलिट गर्न दबाब दिए, र केही समयपछि राधिकाले ती अकाउन्टहरू बन्द गरिन्। त्यसपछि दीपकले उनलाई टेनिस कोचिङ पनि बन्द गर्न दबाब दिन थाले।
उनका अनुसार, उनले छोरीको भविष्यका लागि करोडौँ खर्च गरिसकेका थिए, तर गाउँ र समाजको आलोचना र टिप्पणीले उनी मानसिक रूपमा तनावमा थिए।
राधिकाको आग्रह: "तपाईंको पैसा म बर्बाद हुन दिँदिनँ" दीपक यादव ब्रोकरको पेशाबाट वार्षिक झन्डै १५ लाख रुपैयाँ कमाउँथे। त्यसैले उनी छोरीलाई बारम्बार सम्झाउँथे — “अकादमी बन्द गर, म सबै खर्च धान्न सक्छु।” तर राधिका आफ्नो सपनामा अडिग थिइन्।
उनी बुबालाई भनिरहन्थिन्, “तपाईंले मेरो टेनिसमा २.५ करोड खर्च गर्नुभएको छ। म त्यो पैसा बर्बाद हुन दिँदिनँ। म आफ्नै अनुभव र सीपबाट अन्य युवाहरूलाई टेनिस सिकाउनेछु।”
तर दुर्भाग्यवश, पुरातनवादी सोच र सामाजिक दबाबका कारण दीपकले आफ्नै छोरीको जीवन समाप्त गरेका छन्।