सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्याण्डका तीन दाजुभाईले प्रशान्त महासागर पार गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
एडिनबर्गका तीन भाई जेमी, इवान र लाकलान म्याक्लिनले बिना रोकावट बाहिरी सहयोग नलिईकन प्रशान्त महासागर पार गरेका हुन् । उनीहरुले १४० दिन लगाएर पेरूबाट अस्ट्रेलियासम्म(१४ हजार ४८४ किलोमिटरको यात्रा पूरा गरेर विश्व किर्तिमान बनाएका हुन् ।
यात्राको क्रममा उनीहरूले भीषण आँधी–तुफानको समेत सामना गरेका थिए । समुन्द्रको यात्रा गर्ने क्रममा लाकलानलाई ठूलो छालले डुङ्गाबाट बाहिर बगाएको भएपनि तत्कालै उनलाई फर्काइएको थियो ।
नयाँ विश्व कीर्तिमान बनाएसंगै अस्ट्रेलियाको केन्र्स पुगेपछि निकै खुसी भएका उनीहरुले पिज्जा खाने र शान्तिपूर्वक सुत्ने चाहना सुनाएका छन् ।