१२८ वर्षपछि ओलम्पिकमा क्रिकेटको भव्य पुनरागमन

बुधबार, असार ३२, २०८२

काठमाडौँ:लस एन्जलस ओलम्पिक–२०२८ मा क्रिकेट १२८ वर्षपछि पुनः समावेश हुने भएको छ। क्रिकेट प्रतियोगिता सन् २०२८ जुलाई १२ देखि सुरु भइ जुलाई २० र २९ मा पदक खेल (मेडल म्याच) खेलिने छन्।

लस एन्जलस ओलम्पिकको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको कार्यक्रम अनुसार सबै खेल टी–२० ढाँचामा खेलिनेछन्। खेलहरू पोनोना सहरको फेयर ग्राउन्ड्स स्टेडियममा हुनेछन्, जुन लस एन्जलसबाट करिब ५० किमी टाढा पर्छ। त्यहाँ अस्थायी क्रिकेट मैदान निर्माण गरिनेछ।

खेलको समय तालिका 
पहिलो खेल: राति ९:३० बजेबाट

दोस्रो खेल: बिहान ७:०० बजे (भोलिपल्ट)
प्रत्येक दिन दुई खेल (डबल हेडर) हुने व्यवस्था गरिएको छ। १४ र २१ जुलाईमा कुनै खेल हुने छैन।

महिला र पुरुष दुवै वर्गमा ६–६ टिम
महिला र पुरुष दुवै तर्फ ६–६ टिम सहभागी हुनेछन्। प्रत्येक टिममा १५ खेलाडी रहने भएकाले जम्मा १८० खेलाडीले सहभागिता जनाउनेछन्।

क्वालिफिकेसन प्रक्रिया अझै स्पष्ट छैन
हालसम्म ओलम्पिकको लागि टिम छनोट प्रक्रिया (क्वालिफिकेसन प्रणाली) खुलाइएको छैन। यद्यपि आयोजक राष्ट्र अमेरिकाले होस्ट राष्ट्रको नाताले स्वतः सहभागिता पाउनेछ। बाँकी ५ टिम भने छनोट प्रक्रियाबाट आउनुपर्नेछ।

ओलम्पिकमा क्रिकेटको इतिहास
सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट पहिलो पटक समावेश गरिएको थियो।

त्यतिबेला ग्रेट ब्रिटेन र फ्रान्सबीच एक मात्र खेल भएको थियो, जसमा ब्रिटेनले स्वर्ण जितेको थियो।

हालैका प्रतियोगितामा क्रिकेट
टी–२० वर्ल्ड कप २०२४: अमेरिकाले पहिलो पटक आयोजक राष्ट्रको हैसियतमा न्यूयोर्क, फ्लोरिडा र डलासमा खेल आयोजना गर्‍यो।

भारतले न्यूयोर्कमा आयरल्याण्डविरुद्ध पहिलो खेल ८ विकेटले जितेको थियो।

अन्य बहुप्रतिष्ठित प्रतियोगिता:
एशियाड (Asian Games): २०१०, २०१४ र २०२३ मा समावेश

कमनवेल्थ गेम्स: १९९८ र २०२२ मा समावेश

भारतले २०२३ एशियाडमा पुरुष तथा महिला दुवै तर्फमा स्वर्ण पदक जितेको थियो।

लस एन्जलसकी मेयर करेन बासको भनाइ:
"जब विश्वभरिका खेलाडीहरू यि खेलका लागि यहाँ आउनेछन्, तब हामीले लस एन्जलसका सबै क्षेत्रलाई उजागर गर्नेछौं। हाम्रो लक्ष्य एक ऐतिहासिक र यादगार ओलम्पिकको छाप छोड्नु हो।"

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्