T10 T10

बार्सिलोनाको सानदार जित: सेभिल्ला ५–२ ले स्तब्ध

सोमबार, चैत २, २०८२
Global

काठमाडौँ : स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले आफ्नो दबदबा कायम राखेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि होडमा आफ्नो पकड बलियो बनाएको हो।

बार्सिलोनाका  राफिन्हा नायक :

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाका लागि राफिन्हा नायक बने। उनले खेलको नवौँ र २१ौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। राफिन्हाले ५१ौँ मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्दा सेभिल्लाको रक्षापंक्ति निकै कमजोर देखिएको थियो।

खेलमा रोचक मोड तब आयो जब दुवै टोलीबाट आत्मघाती गोल भए। ३८ मिनेटमा बार्सिलोनाका दानी ओल्मोले आफ्नै पोस्टमा गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो। तर, पहिलो हाफको इन्जुरी समयमा सेभिल्लाका ओसोले पनि आत्मघाती गोल गरेपछि बार्सिलोना ३–१ ले अघि रह्यो।

दोस्रो हाफको ६०ौँ मिनेटमा जाओ क्यान्सेलोले थप एक गोल गर्दै अग्रता ५–१ मा पुर्‍याए। खेलको अन्त्यतिर सेभिल्लाका जिब्रिल सोउले सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।

तालिकाको अवस्था:

यो जितसँगै २८ खेलबाट ७० अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा सुरक्षित छ। उसले चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ४ अंकको स्पष्ट अग्रता बनाएको छ। पराजित सेभिल्ला भने ३१ अंकका साथ १६ौँ स्थानमा खुम्चिएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्