सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल पराजित भएको छ ।
थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा आज भएको खेलमा नेपाल घरेलुटोलीसंग २–० गोलले पराजित भएको हो । पहिलो हाफमा नेपालले गोलरहित बराबरीमा रोकपनि दोस्रो हाफमा थाईल्याण्डले नेपाल विरुद्द गोललको खडेरी तोड्यो । थाईल्याण्डको जितमा खेलको ६० औँ मिनेटमा चाच्वान र ७४ औँ मिनेटमा जिरापोनले गोलगरिन् ।
यसअघि नेपालले सन् १९९६ र १९९९ मा महिला एसियन कपमा थाइल्याण्डसँग दुईपटक खेलिसकेको छ।
दुवैपटक समूह चरणमा नेपाल ५–० को समान अन्तरले पराजित भएको थियो ।