yt yt

हङकङ र लाओस विरुद्दको खेलका लागि नेपाली टोलीको घोषणा

सोमबार, जेठ १९, २०८२

काठमाडौँ :हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओस विरुद्दको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले आज अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।राष्ट्रिय टोली मंगलबार हङकङतर्फ प्रस्थान गर्नेछ र त्यसपछि लाओस जाने तालिका रहेको छ। नेपालले जुन ५ मा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा लाओसभिरुद्ध महत्त्वपूर्ण छनोट खेल खेल्नेछ।

 

राष्ट्रिय टोली मंगलबार हङकङतर्फ प्रस्थान गर्नेछ र त्यसपछि लाओस जाने तालिका रहेको छ।

घोषित २३ सदस्यीय टोली यस प्रकार छ:

गोलकिपरहरू: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डरहरू: अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुभाष ठकुरी बम, सञ्जीश श्रेष्ठ
मिडफिल्डरहरू: लाकेन लिम्बु, अरिक बिष्ट, कुशल देवकोटा, बिमल पाण्डे, मणि कुमार लामा, श्रीजनराज गौतम, योगेश गुरुङ, कृतिश रत्न छुन्जु
फरवार्डहरू: अञ्जन बिष्ट, अयुष घलान, मनिष डाँगी, अभिषेक लिम्बु, रोहन कार्की, गिलेस्पी जंग कार्की

प्रशिक्षक रोसले नयाँ र अनुभवी खेलाडीहरूको संयोजनबाट बनेको यो टोलीले दुबै खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्