yt yt

पीएसजी  यूईएफए च्याम्पियन्स लिगको विजेता

आइतबार, जेठ १८, २०८२

काठमाडौँ :पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब इतिहासमै पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भएको छ।

शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै पीएसजीले ऐतिहासिक सफलता हासिल गरेको हो।

हाकिमीको सुरुवात, डुबेको दोहोरो गोल
खेलको १२ औँ मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि, २० औँ मिनेटमा डिजेर डुबेले गोल गर्दै अग्रता २–० मा पुर्‍याए।

पहिलो हाफमा २ गोल, दोस्रो हाफमा थप ३ गोल
पहिलो हाफमा दुई गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफमा झनै आक्रामक प्रदर्शन गर्‍यो।

६३ औँ मिनेटमा डुबेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को स्थितिमा पुर्‍याए।

त्यसपछि ७३ औँ मिनेटमा ख्विचा क्वारत्स्खेलियाले चौथो गोल गरे।

अन्ततः ८६ औँ मिनेटमा सेनी मायुलुले गोल गर्दै पीएसजीको जितलाई सुनिश्चित गरे।

इतिहास रच्दै च्याम्पियन बने
५–० को शानदार जितसँगै पीएसजीले आफ्नो च्याम्पियन्स लिगको उपाधि रहर अन्त्य गर्दै पहिलो पटक युरोपको सर्वश्रेष्ठ क्लब बन्न सफल भएको हो।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्