hERO hERO

यु-१६ युथ लिग असार २० गतेदेखि सुरु हुने

शनिबार, जेठ १७, २०८२

काठमाडौँ:यु-१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको छलफलमा प्रतियोगिताको मिति तय भएको हो । बैठकले सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप  ३ लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।

 प्रतियोगितामा सहभागी हुने क्लबहरूले खेलाडी दर्ताका क्रममा नाबालक परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खेलाडी दर्ता गर्नुपर्ने म्याद असार १५ गतेसम्म तोकिएको छ भने क्लब दर्ता असार ५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रतियोगिताको खेल तालिका असार १६ गते सार्वजनिक गरिने छ । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्