सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
म्याड्रिड : स्पेनिस ला लिगाको सिजन सकिएसँगै च्याम्पियन्स लिगमा स्थान बनाउने पाँच टोलीको टुंगो लागेको छ।
सोमबार राति सम्पन्न सिजनको अन्तिम खेलपछि बार्सिलोना, रियाल मड्रिड, एट्लेटिको मड्रिड, एथ्लेटिक बिल्बाओ र भियारियालले च्याम्पियन्स लिगका लागि छनोट भएका छन्।
ला लिगा च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको रियाल मड्रिडले ८४ अंक जोड्यो। गत सिजन ला लिगा र च्याम्पियन्स लिग दुबै उपाधि जितेको रियाल यो सिजन भने उपाधिविहीन रह्यो।
तेस्रो स्थानको एट्लेटिको मड्रिडले ७६ अंक जोड्दै सिजन टुंग्यायो। चौथो स्थानमा एथ्लेटिक बिल्बाओ ७० अंकसहित रहँदा पाँचौँ स्थानमा रहेको भियारियालले पनि समान ७० अंक नै जोडेको छ।
यसैबीच, सिजनको अन्त्यसँगै रेलिगेट हुने तीन टोलीको पनि टुंगो लागेको छ। लेगानेस, लास पाल्मेस र भालाडोलिड रेलिगेसनमा परेका छन्। लेगानेस ४० अंकसहित १८औँ स्थानमा रहँदा, लास पाल्मेसले ३२ अंकसहित १९औँ स्थानमा सिजन टुंग्यायो। पुछारमा रहेको भालाडोलिडले भने मात्र १६ अंक जोड्न सफल भयो।