T10 T10

यमप्रसाद गुरुङ यु-२० राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त

आइतबार, जेठ ११, २०८२
Global

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० राष्ट्रिय महिला फुटबल टोलीका लागि प्रशिक्षक टोलीको घोषणा गरेको छ। एन्फाले यमप्रसाद गुरुङलाई टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।
साथै, सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्कीलाई सहायक प्रशिक्षक, भने मीनबहादुर बस्नेतलाई गोलकिपिङ प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ। इन्दु दुवाल भने टोली व्यवस्थापकको भूमिकामा रहनेछिन्।

प्रशिक्षक टोलीसहित सबै पदाधिकारीलाई एन्फाका महासचिव किरण राईले आइतबार नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

यु-२० महिला टोलीले आगामी साफ (दक्षिण एसियाली फुटबल महासंघ) महिला च्याम्पियनसिपमा सहभागिता जनाउनेछ। प्रतियोगिता जुलाई ११ देखि २१ सम्म बंगलादेशमा आयोजना हुँदैछ।

प्रतियोगिताका लागि टोली छनोट गर्न एन्फाले हाल खुला छनोट प्रक्रिया सुरु गरिसकेको छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्