सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीको तयारी क्याम्पमा सहभागी हुन शनिबार बिहान नेपाल आएकी छिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उनी हाल काठमाडौंमा जारी क्लोज क्याम्पमा अबबाट प्रशिक्षणमा जुट्नेछिन्।
नेपालले आगामी साता थाइल्याण्डविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने कार्यक्रम तय भएको छ। त्यसैको तयारीस्वरूप कप्तान एन्जिला नेतृत्वको २३ सदस्यीय अन्तिम टोली घोषणा गरिएको हो।
नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा बन्द ढोकामा (क्लोज डोर) हुनेछ भने दोस्रो खेल जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण रूपमा खेलिनेछ। यी खेलहरू यही वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप छनोटको तयारीका रूपमा लिइएको हो।
उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ, जहाँ उसका प्रतिस्पर्धी टोलीहरूमा आयोजक उज्वेकिस्तानसँगै श्रीलंका र लाओस छन्।