सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इटालियन क्लब नापोलीले इटालियन शीर्ष लिग 'सिरी ए' को उपाधि यस सिजन आफ्नो नाममा लेखाउन सफल भएको छ।
शुक्रबार राति भएको निर्णायक खेलमा काग्लियारीमाथि २–० को जित निकाल्दै नापोलीले उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा स्कट म्याकटोमिनेले ४२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ५१औं मिनेटमा रोमेलु लुकाकुले थप गोल गर्दै जित सुनिश्चित गरे।
यो उपाधिसँगै नापोलीले पछिल्ला तीन वर्षमा दोस्रोपटक र समग्रमा चौथो पटक "सिरी ए" उपाधि जितेको हो। यसअघि सन् २०२२–२३ सिजनमा पनि नापोलीले उपाधि जितेको थियो भने त्यसअघि उन्नाइस सय अस्सीको दशकमा सन् १९८६–८७ र १९८९–९० सिजनमा उपाधि हात पारेको थियो।
सिजनभरि नापोली र इन्टर मिलानबीच उपाधिका लागि कडा प्रतिस्पर्धा देखिएको थियो। अन्तिम खेलमा इन्टरले पनि कोमोविरुद्ध २–० को जित दर्ता गरेको थियो, जहाँ स्टेफान डे फ्रे र जोआक्विन कोरेयाले गोल गरेका थिए। तर अन्तिम अंक तालिकामा नापोली ३८ खेलबाट ८२ अंक जोड्दै एक अंकको अग्रतासहित शीर्ष स्थानमा रह्यो। इन्टर ८१ अंकमा दोस्रो स्थानमा सीमित भयो।