yt yt

थाईल्यान्डविरुद्धको खेलकालागि महिला फुटबल टोलीको घोषणा

शुक्रबार, जेठ ९, २०८२

काठमाडौँ :थाईल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । नेपालले बैंककमा दुई खेल खेल्नेछ — मे ३० मा अभ्यास खेल र जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

यी खेलहरू एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट प्रतियोगिताको तयारीको स्वरुप खेलाउन लागिएको हो । उक्त छनौटमा नेपाल समूह ’एफ’ मा परेको छ । उक्त समुहमा लाओस, श्रीलंका र उज्बेकिस्तान रहेका छन् । 
टोली यसप्रकार रहेको छः
गोलरक्षकहरूः
अञ्जिला तुम्बापो सुब्बा (कप्तान)
अञ्जना राना मगर
उषा नाथ
डिफेण्डर्स
अमृता जैशी
गीता राना
बिमला बि.के.
पूजा राना
निशा ठोकर
समीक्षा घिमिरे
मनमाया दमाई
मिडफिल्डरहरूः
अनिता बस्नेत
बिमला चौधरी
रेनुका नगरकोटी
प्रीति राई
सरु लिम्बु
सबिता राना मगर
सरस्वती हमाल
सुष्मा तामाङ
फर्वाड
सबित्रा भण्डारी
रश्मी कुमारी घिसिङ
चन्द्रा भण्डारी
अनिता के.सी.
रेखा पौडेल
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्